महानगर क्षेत्रमा ब्रिज कोर्स सञ्चालन गर्न महानगरले रोक लगायो
पाेखरा | चैत १९, २०८०
पोखरा: पोखरा महानगरपालिका क्षेत्रमा ब्रिज कोर्स सञ्चालनमा प्रतिबन्ध लगाइने भएको छ ।
हालै बसेको नगर शिक्षा समितिको बैठकले महानगर क्षेत्रमा ब्रिज कोर्सका कुनै कक्षाहरू सञ्चालनमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।
ब्रिज कोर्स नाममा मोटो रकम असुली हुँदै आएको गुनासोलाई मध्यनजर गर्दै पोखरा महानगरपालिकाले अघिल्लो वर्ष पनि यस प्रकारका कक्षाहरू सञ्चालन नगर्न आग्रह गरेको थियो । तर, कतिपय संस्थाहरूले महानगरपालिकाको आग्रह विपरीत सञ्चालन गरेको पाइएको थियो ।
एसइई पश्चात् विद्यार्थीलाई उच्च शिक्षा प्रवेशमा सहज बनाउन विभिन्न शैक्षिक संस्थाले ब्रिज कोर्सको नाममा मोटो रकम असुल्ने गरेको गुनासो यस अघि नै आइसकेकाले परीक्षा समापन हुनु पूर्व नै महानगरपालिकाको शिक्षा समितिले यस्तो निर्णय गरेको हो ।
विद्यालय शिक्षा व्यवस्थित र प्रभावकारी बनाउँदै लैजानु पर्नेमा जोड दिँदै कक्षा ११ को विद्यार्थी भर्नासँग सम्बन्धित कुनै पनि ब्रिज कोर्स सञ्चालनमा प्रतिबन्ध लगाइएको शिक्षा महााशाखाले बताएको छ ।
विद्यार्थी भर्नाको कार्यक्रम आगामी वैशाख २ गतेदेखि ९ गतेसम्म सञ्चालन गर्न पनि महानगरपालिकाले अनुरोध गरेको छ ।
विद्यार्थी भर्नाका नाममा लिइने प्रवेश परीक्षाहरू त्यसअघि सञ्चालन गरे पनि रिजल्ट भने सोही अवधिमा सार्वजनिक गर्न भनिएको छ ।
विद्यार्थीहरू छनौटका नाममा लिइने परीक्षामा जुन विद्यालयमा विद्यार्थी अध्ययन गरिरहेका छन्, सो विद्यालयको माथिल्लो कक्षामा पढ्न चाहे विद्यालयले अनिवार्य भर्ना लिनुपर्ने बताइएको छ ।
आगामी शैक्षिक सत्रको पढाइ १० वैशाखदेखि सुरु गर्ने निर्णय पनि महानगरले गरेको छ ।
स्याङ्जा जिल्लाको प्रख्यात शक्तिपीठ स्वरेक कोटमा चैते दशैंको अवसर पारेर ठूलो धार्मिक महत्वका दुई घण्टी र त्रिशूल स्तम्भ स्थापना गरिएको छ। स्वरेक कोट स्थित श्री स्वरेक कोट कालिका भैरव मन्दिर व्यवस्थापन समित...
गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ । जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उहाँले पारदर्शी ढङ्गबाट कार्यसम्पादन गर्न नि...
वसन्त ऋतु सुरु भएसँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय गन्तव्य घोडेपानी गुराँस फुलेर रङ्गिएको छ। पाखैभरी ढकमक्क फुलेका लालीगुराँस र हिमश्रृङ्गलाको मनमोहक दृश्य हेर्न दैनिक सयौँ ...

